संस्थागत परिचय

Sajan Subba | 3:25 AM |

महिला तथा बालबालिका जागरण अभियान

ठेगाना- भद्रपुर ४, झापा, नेपाल
संस्थाको दर्ता नं. - १८४७ (२०६८।४।१८) झापा
स्थायी लेखा नं.(पान नं.)- ६०१४४३२९७ (भद्रपुर)
गैरसरकारी संस्था महासंघ नेपाल सदस्यता आवद्धता नं . - ER-JHA-92
समाज कल्याण परिषद् आबद्धता नं . - ३७८६५
एकिकृत विकास समन्वय मञ्च आवद्धता नं . - १३९ (०७०/०७१) झापा
गैरसरकारी संस्था महासंघ नेपाल सदस्य संस्था
नविकरण अवधि - २०७१ आषाढ .
फोन नं - ०२३–५२१२५५
वेभ साइट -http://wacamjhapa.blogspot.com/
ईमेल- wacamjhapa@gmail.com

संस्थाको प्रकार- महिला तथा बालबालिका स्तरवृद्धि र पूनःस्थापनामा सक्रिय अभियानमा संचालित संस्था ।
अध्यक्ष : - शर्मिला अधिकारी, सम्पर्क नं.‍- ९८४२६५३९०८  भद्रपुर ४, झापा
सम्पर्क व्यक्ति :-शर्मिला अधिकारी, सम्पर्क नं.‍- ९८४२६५३९०८  भद्रपुर ४, झापा
प्राविधिक संयोजक :- साजन सुब्बा सम्पर्क नं. : ९८६२६५६१२७ भद्रपुर १४ झापा

परिचय :

सदियौ देखि पछाडी परिएका महिला तथा बालाबलिकाहरुलाई एकत्रित गर्दै उनीहरुको सम्पूर्ण हक अधिकारहरुको अवगत गराउँदै चेतनाको अभिवृद्धि गर्ने, व्यवहारिक र समायनुकुल शिप तथा ज्ञानको माध्यमबाट सबै महिला तथा बालबालिकाहरुलाई सक्षम र सबल बनाई राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा कानुनी रुपमा पछाडी परेका÷परिएका महिला तथा बालबालिकाहरुलाई तत्–तत् क्षेत्रमा सहभागी गराई उनीहरुको सर्वाङ्गीण विकास गर्ने र मुलुकमा प्राप्त लोकतान्त्रिक गणतन्त्रको प्रतिफल सम्पूर्ण महिला तथा बालबालिकाहरु समक्ष अभियानको रुपमा पुर्‍याउने पवित्र उद्देश्य र लक्ष्य लिई यो ‘महिला तथा बालबालिका जागरण अभियान, झापा’ स्थापना गरिएको हो ।

संस्थाको उद्देश्य :
नेपाल सरकारको निति निर्देशनको अधिनामा रहि कार्य गर्न यस संस्थाको उद्देश्य देहाय बमोजिमको हुनेछ र यो संस्था मुनाफा रहित गैर सरकारी र जनहितकारी सामाजिक संस्था हुनेछ । 
  • यो संस्था मुनाफारहित जनहितकारी संस्था हुनेछ । 
  • यस क्षेत्रको महिला तथा बालबालिकाको चेतनाको अभिवृद्धि गर्ने ।
  • महिला तथा बालबालिकाहरुलाई हरेक क्षेत्रमा सक्षम र सबल बनाउन समयानुकुलको शिप र तालिमको व्यवस्था गर्ने ।
  • राजनैतिक, आर्थिक, समाजिक, सांस्कृतिक र कानुनी क्षेत्रमा महिला तथा बालबालिकाहरुको पहुँच पुर्‍याउन  विभिन्न जनचेतना मूलक कार्यहरु गर्ने । 
  • जनस्वास्थयका क्षेत्रमा विभिन्न चेतनामूलक कार्यहरु गर्ने ।
  • दैवी प्रकोप, महामारी, प्राकृतिक विपत्तीको अवस्थामा सहयोग गर्ने । 
  • समाजमा आदिवासी, जनजाति, मधेसी, दलिक, महिला तथा बालबालिका वर्गमा रहेको असमानता, विभेद, वेरोजगारी, तथा सामाजिक पछौटेपनबाट माथि उकास्न विशेष जनचेतना मूलक कार्यहरु संचालन गर्ने ।
  • उल्लेखित उद्देश्यप्राप्तिका लागि राजनैतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने । 


  


Category:

About WACAM Jhapa :
Women and Children Awakening Movement or WACAM is a leading Non Government Organization in Jhapa of Nepal, actively working for the better lifestyle, rights restorations, rehabilitation for women and children who are in-need. It works with the collaboration of Government bodies, local NGO, clubs and expertise in concerned areas.