मिति २०७१/५/२ गते |  महिला तथा बालबालिका जागरण अभियान झापाको आठौँ बार्षिकोत्सव र प्रथम अधिवेशन भद्रपुर स्थित सामुदायिक विकास केन्द्र, झापामा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस महामन्त्री श्री कृष्णप्रसाद सिटौंलाज्यूद्धारा सम्बोधित सभामा नेपाल बार एशोसिएशनका केन्द्रिय उपाध्यक्ष श्री जनक पाण्डे, महिला तथा बालबालिका कार्यालय झापा प्रमुख श्री तारा अधिकारी, आधिवक्ता श्री चन्दा श्रेष्ठ, सामाजसेवी श्री तरा भुर्तेल आदिको मन्तव्य थियो ।
यहिँ अवसरमा संस्थागत कार्यसहयाक तीन जेष्ठ नागरिक महिलाहरु श्री कुन्ती देवी बुढाथोकी, श्री सञ्चमाया राई र श्री ईन्दिरा रेग्मी लाई महामन्त्री सिटौंलाज्यूद्धारा सम्मान–पत्र र टेक बहादुर गिरी बसपार्क विर्तामोड, पूर्वाञ्चल यातायात संघ, कन्काई यातायात व्यवसायी संघ, मेची बस व्यवसायी संघ, मेची जिप व्यवसायी संघ र मेची यातायात संघलाई कृतज्ञता–पत्र समेत प्रदान गरिएको थियो ।
मिति २०७०/३/१५ गते भद्रपुर नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका जागरण अभियानको अयोजनामा लेखा व्यवस्था सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको छ । भद्रपुर स्थित श्री गौतम बुद्ध प्रा.वि.मा अायोजित कार्यक्रममा सामाजिक कार्य गर्ने संघसंस्थाका ३० जना महिलाहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
श्री गौतम बुद्ध प्रा.वि.का प्र.अ. श्री लोहित भण्डारीज्यूको प्रमुख आतिथ्यता सम्पन्न एक दिवसीय तालिम कार्यक्रमकोतथा श्री रविन्द्र घोषले लेखा व्यवस्था सम्बन्धी प्रशिक्षण प।रदान गर्नु भएको थियो । 

मिति २०७१/२/१२ गते भद्रपुर नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका जागरण अभियानको अयोजनामा महिला क्षमता अभिवृद्धि अन्तर्गत, कार्यक्रम संचालन र उद्द्घोषण तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३१ जना प्रशिक्षाथीहरुको सहभागीता थियो ।

मिति २०७१/२/२ गते, टेक बहादुर स्मृति बसपार्क, बिर्तामोडमा महिला तथा बालबालिका जागरण अभियान द्धारा ‘स्थानीय युवा साझेदारी कार्यक्रम २०७०/७१ अन्तर्गत लैङ्गिक हिंसा मुक्त सार्वजनिक यातायात बृहत कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा मुक्त सार्वजनिक यातायात साधनहरुमा सुचना सामाग्री टाँस कार्यक्रमको आयोजना गरेको छ । 

प्रमुख जिल्ला अधिकारी श्री एकमणी नेपालज्यू को प्रमुख आतिथ्यतामा महिला तथा बालबालिका जागरण अभियानद्धारा ५०० सार्वजनिक सवारी साधनहरुमा १२०० वटा सुचना सामाग्री (स्टिकर) टाँस गरिएको उक्त कार्यक्रममा ४६ जना स्थानीय नागरिकको सहभागीता थियो ।

मिति २०७०/११/२३ गते महिला तथा बालबालिका जागरण अभियान द्धारा इलाका नं. ९, झापाका महिलाहरुको सशक्तिकरण कार्यक्रम तथा सीप विकास परियोजना कार्यक्रम आयोजना गरेको छ ।

जिल्ला विकास समितिको कार्यालयका स्थानिय विकास अधिकारी श्री लालमणी ओझाज्यू को प्रमुख आतिथ्यतामा आयोजना गरिएको  उक्त कार्यक्रममा ४७ जना स्थानीवासीहरुको सहभागीता थियो ।
मिति २०७०/९/२९ गते महिला तथा बालबालिका जागरण अभियान द्धारा झापा जिल्ला स्थित जिल्ला कारागार सुधार गृह (जेल) मा रहेका बालबालिका तथा आमाहरुलाई राहत वितरण कार्यक्रम आयोजना गरेको छ । 

सुधार गृहमा रहेका बालबालिका तथा आमाहरुलाई स्वेटर, खास्टो, कार्पेट आदि सहयोग सामाग्री वितरण गरिएको थियो । 
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत श्री सागर मिश्रज्यू को प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा  २३ जना स्थानीय सहभागीहरुको सहभागीता थियो ।

मिति २०६९/१२/९ र १० गते महिला तथा बालबालिका जागरण अभियान द्धारा महेशपुर गा.वि.स. महिला सशक्तिकरण सम्बन्धी दुई दिवसीय तालिम कार्यक्रम आयोजना भएको छ । 

महेशपुर गाऊँ विकास समिति कार्यालयका सचिव श्री वुद्धि प्रसाद पौड्यालज्यूको प्रमुख आतिथ्यतामा आयोजना भएको  उक्त तालिम कार्यक्रममा ४७ जना स्थानीय सहभागीहरुको सहभागीता थियो ।